२१ असार, काठमाडौं । सरकारले साविकको शहरी विकास मन्त्रालयमातहत ५१ आयोजनालाई रुग्ण आयोजनाका रुपमा पहिचान गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहिन लगानीको समस्या समाधान गर्न अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको छ । सो प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित विभाग र कार्यालयमा पठाइएको छ ।