Skip to main content

Khulla Chautari

२०८३ श्रावण २८, बिहीबार ०१:५०
२०८३ श्रावण २८, बिहीबार ०१:५०

नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। निगमले बुधबार (असार ३१) देखि साविककै १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको हो।

निगमका अनुसार १४.२ केजीको ग्यास सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।

यसअघि ग्यास आपूर्तिमा आएको असहज अवस्थाका कारण अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था लागू गरिएको थियो। अब भने उक्त व्यवस्था हटाएर पुनः १४.२ केजी क्षमताकै सिलिन्डर वितरण गरिने भएको छ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, “इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङको अवस्थामा सुधार हुनुका साथै आम उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागलाई मध्यनजर गर्दै मिति २०८३ असार ३१ गतेदेखि मुलुकभर साविककै १४.२ केजी ग्यास भर्ने तथा पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ।”

निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको छ। निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न पनि आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.