Skip to main content

Khulla Chautari

२०८३ असार २४ गते बुधबार
२०८३ असार २४ गते बुधबार

त्रिवि सुधारको अपेक्षा, अग्निपरीक्षामा नयाँ नेतृत्व

विकासले विश्वलाई एउटा गाउँमा बदलेको र प्रतिस्पर्धात्मक तथा गुणस्तरीय शिक्षा विकासको जरोकिलो बनेर उभिएको सन्दर्भमा त्रिवि इतिहासको गौरव भजाएर मात्र टिक्न सक्दैन। त्यसैले पनि त्रिविले अब आफूलाई यथास्थितिमा ‘येनकेन प्रकारेण’ सञ्चालन मात्र गरेर पुग्दैन।

कुनै देश वा समाजको अवस्था चियाउने आँखीझ्याल के-के हुन सक्लान् ? धेरैका धेरै थरी राय होलान् तर निःसन्देह त्यो देशको शिक्षाको अवस्था छुट्दैन होला। उन्नतिको मूल तत्त्व ज्ञान हो भन्ने कुरा मान्ने हो भने ज्ञान निर्माण गर्ने थलोहरूको अवस्थाले देश वा समाजको अवस्थाको मोटामोटी झल्को दिइरहेकै हुन्छ।

नेपालको परिप्रेक्ष्यमा यो सूचकलाई आधार मानेर हेर्दा कस्तो दृश्य देखिएला, यो बहसको विषय हो नै। अहिलेलाई चाहिं सरकारले सात वटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्ति गरेको सन्दर्भमा नेपालको उच्च शिक्षाको मियो मानिने त्रिभुवन विश्वविद्यालय, यसको नयाँ नेतृत्व र अबको यात्राबारे चर्चा गरौं।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.