Skip to main content

Khulla Chautari

२०८३ असार २४ गते बुधबार
२०८३ असार २४ गते बुधबार

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज बस्दै

दाङ, २३ असार  लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज ९ मङ्गलवार दिउँसो १ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३ र ८४ को विनियोजन विधेयकमाथि भइरहेको समूहगत छलफललाई निरन्तरता दिइने कार्यसूची तय गरिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको सुरुवातमा विनियोजन विधेयकमाथिको अघिल्लो छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले सदस्यहरूको प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ।

त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि समूहगत छलफल अघि बढाइने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट तथा मन्त्रालयगत कार्यक्रममाथि विस्तृत छलफल गर्दै आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले बैठक सञ्चालन हुन लागेको हो।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.