Skip to main content

Khulla Chautari

२०८३ असार २८, आईतवार ००:१४
२०८३ असार २८, आईतवार ००:१४

घोराही–१५ का वडा सदस्यमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप, सामाजिक सञ्जालमा भिडियो सार्वजनिक

दाङ, घोराही – घोराही उपमहानगरपालिका–१५ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) माथि घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका एक कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडा सदस्य बुढाथोकीले मिनरल वाटरको बोतलमा राखिएको भनिएको कालो पदार्थ कर्मचारीमाथि खन्याएको देखिएको दाबी गरिएको छ। कर्मचारी मोटरसाइकलमा त्यहाँबाट निस्किने क्रममा बोतल पनि पछाडिबाट प्रहार गरिएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस घटनाको स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन।

स्थानीय स्रोतका अनुसार पद्मोदय विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) निर्वाचन स्थगित गराउन वडा सदस्य बुढाथोकीले उपमहानगरपालिकासँग माग गर्दै आएका थिए। निर्वाचन निर्धारित मितिमै अघि बढेपछि उनी आक्रोशित भएको आरोप लगाइएको छ।

यसैबीच, वडा सदस्य बुढाथोकीले सामाजिक सञ्जालमार्फत “अब हाकिमको पालो” भन्ने आशयको चेतावनीपूर्ण अभिव्यक्ति समेत सार्वजनिक गरेका छन् भन्ने दाबी गरिएको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.