Skip to main content

Khulla Chautari

२०८३ असार २८, आईतवार ००:१४
२०८३ असार २८, आईतवार ००:१४

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङको केदारस्यु गाउँपालिका–७ सुगरे स्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी तथा दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महत को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेहरूमा रामबहादुर महत ९पूर्व वडा सदस्य०, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा जिप चालक देवबहादुर धामी रहेका छन्।

त्यसैगरी धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.